अब गर्मी बढने:तापक्रम बढेसँगै तराईका जिल्लामा जनजीवन प्रभावित

  • काठमाडौ । आज पनि देशका धेरै ठाउँमा घाम लागेको छ । आज धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहेकाले गर्मी बढ्ने मौसमविद्ले बताएका छन् ।

तापक्रम बढेसँगै तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेको छ । गएको २४ घण्टामा धरानको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै, विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ६, भैरहवाको ३६ दशमलव ५, जनकपुरको ३६ दशमलव ४, सिमरा र नेपालगञ्जकाे ३६ डिग्री सेल्सियस पुगेको छ । काठमाण्डौको अधिकतम तापक्रम भने ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

प्रि-मनसुनका गतिविधि सक्रिय नभएकाले देशभर गर्मी बढ्दो छ ।  मौसमविद् मञ्जु बासीकाअनुसार आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा भने बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै