
मनु सुनार मनसुन
गुल्मी ०६ चैत – गुल्मीको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा नेपाल रेडक्रस सोसाइटी र स्विस रेडक्रसद्वारा सञ्चालन हुने परियोजनाका विषयमा स्थलगत अन्तरक्रिया गरिएको छ ।
शनिबार सरदमुकाम देखि भौगोलिक रूपमा टाढा रहेको विकासात्मक रूपले पिछडिएको त्यस गाउँपालिकामा नेपाल रेडक्रस साेसाइटी र स्विस रेडक्रसद्वारा निकट भविष्यमा संचालन हुने परियोजना सम्बन्धि स्थलगत रूपमा व्यापक छलफल तथा अन्तरक्रिया गरिएको हो ।
परियोजनामा जनसहभागिता वृद्धि तथा दिगोपनामा लागि वृहत् छलफल तथा अन्तरक्रिया गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
छलफलमा कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापा मगर, उपाध्यक्ष तारा थापा, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्ली, विभिन्न वडका वडाअध्यक्षहरू, पालिकामा रहेका राजनैतिक दलहरूका प्रतिनिधिहरू, गाउँपालिकाका शाखा प्रमुखहरू, स्विस रेडक्रस केन्द्रीय कार्यलयकी कार्यक्रम संयोजक एनेट भोन्डेलिङ, सिनियर हेल्थ अफिसर तुल्सा भारतीको सहभागिता रहेको थियो ।
यस्तै वास कार्यक्रमका शंकर भट्टराई, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति राजेन्द्रप्रसाद श्रेष्ठ, निवर्तमान सभापति अनुप श्रेष्ठ, जिल्ला सदस्य सरस्वती भण्डारी पाण्डे, तम्घास उपशाखाका काेषाध्यक्ष दान बहादुर बस्नेत,नेपाल रेडक्रस साेसाइटी फाेक्सिङ उपशाखाका सभापति झम बहादुर आले, लगायतका पदाधिकारीहरू, जिल्ला शाखाका कर्मचारी प्रकाश भट्टराई, लुम्विनी प्रदेशका लजिस्टिक सपाेर्टर बिजय थापा मगर, पदम क्षेत्री लगायतकाे उल्लेखिय सहभागिता अन्तरक्रिया गरिएको हो ।