Advertisement
विज्ञापन

७६ जिल्ला नभए पनि गुल्मीमा गठवन्धन हुन्छ : मन्त्री झाँक्री



Advertisement
विज्ञापन

चैत ५ काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले तीन तहको निर्वाचनसम्म गठवन्धन कायम रहने वताएकी छन । शनिवार काठमाडौंको वुद्वनगरमा एकीकृत समाजवादी गुल्मी काठमाडौ सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले स्थानीय तह,प्रदेश र संघीय तिनै तहकाे निर्वाचनमा पाँच दलीय गठवन्धन मिलेर जाने वताएकी हुन । एकीकृत समाजवादी पार्टीको सचिव समेत रहेकी नेतृ झाँक्रीले देशभर नै निर्वाचनमा गठवन्धन कायम रहन्छ यति ७६ जिल्लामा गठवन्धन नभए पनि गुल्मी जिल्लाभर गठवन्धन हुने उनकाे दावी छ । गुल्मीमा नेपाली काङ्ग्रेस,माआेवादी केन्द्र लगायत गठवन्धनका नेताहरूसगँ छलफल,सवांद चलिरहेको र गठवन्धन गररै अगाडि वढने सहमति भएको झाँक्रीले वताईन । राजनीतिमा लामो समय सक्रिय रहेपनि विभिन्न प्राविधिक कारणले गुल्मीको भुगाेलमा समय दिन नपाएकाेप्रति दुख व्यक्त गदै मन्त्री झाँक्रीले अहिले गुल्मीको भुगाेलमा काम गर्ने वातावरण निर्माण भएकाले त्यहाँका जनताको विकासमा आफ्नो ध्यान केन्द्रीय भएको वताईन । गुल्मेली जनताले आफ्नो अमुल्य मत दिएर पटकपटक जिताएका नेताहरूले जस्तो गफ धेरै गर्ने काम कम गर्ने परिपाटीको गुल्मीमा अत्य गर्दै गुल्मीको विकासमा केही देखिने गरि आफुले काम अगाडि वढाएकाे वताईन । खडग प्रसाद वलीले कम्युनिस्ट पार्टीको बहुमत भएको संसद पटकपटक विघटन गरेकोले आगामी निर्वाचनमा एमालेलाई जनताले पराजित गरिदिने उनको भनाइ रहेकाे ।


Advertisement
Advertisement
Advertisement



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad