बगनासकाली गाँउपालिकामा क्षेमता बिकास तालिम सुरु

पाल्पा । बगनासकाली पत्रकार समूहको आयोजनामा बगनासकाली गाउँपालिकाका पत्रकारहरुको निम्ति २ दिने क्षमता विकास तथा अन्तरक्रियात्मक गोष्ठी शुक्रवार सुरु भएको छ ।

समूहका सदस्यहरुको क्षमता विकास तथा अन्तरकृयात्मक छलफलका लागि कार्यक्रम आयोजना गरिएको समूहका अध्यक्ष दिपक ढुंगानाले बताउनु भएको छ ।पत्रकार समूहको आयोजना तथा बगनासकाली गाउँपालिकाको सहयोगमा गोष्ठी सञ्चालन गरिएको हो । गोष्ठीमा समूहमा आवद्ध बिस जना बढी सदस्यहरु सहभागीता रहेको छ ।

गोष्ठीको पहिलो दिन समाचार लेखन, फिचर लेखन, रेडियो र अनलाइन पत्रकारिता र सूचना प्रविधिको प्रयोग सम्बन्धि सहजीकरण भएको छ । नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, महासंघका पूर्व अध्यक्ष भगवान भण्डारी, समूहका सल्लाहकार कमलराज तिमिल्सेना, समूहका सल्लाहकार देव पचभैया र नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम समूहका अध्यक्ष दिपक ढुङ्गानाको अध्यक्षता र सचिव विष्णु घिमिरेको संचालनमा चलेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार