राष्ट्रिय जनमोर्चालाई जिम्मा दिएर झिम्रुकको बिकास हुदैन:सुर्य थापा

दीपेन्द्र सुनार

ने,क,पा एमालेका पोलिट ब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाले झिम्रुकलाई मसालको जिम्मा दिएर बिकाश हुन नसक्ने आरोप लगाएका छ्न।आज ने।क।पा एमाले झिम्रुक गाउँपालिका को गाउँ कमिटीद्रारा मच्छी प्युठान मा आयोजना गरिएको निर्वाचन तथा प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चा लाई जिम्मा दिएर झिम्रुकको कुनै पनि हालतमा बिकाश नहुने बताएका छ्न।

कार्यक्रमका प्रमुख अथिती समेत रहेका पोलिट्ब्युरो सदस्य समेत रहेका थापाले कार्यकर्ता को आजको उपस्थितिले अब झिम्रुक बाट मसाललाई बाइ ,बाइ र एमाले लाई हाइ , हाइ भन्ने दिन आएकाले सम्पुर्ण कार्यकर्ता लाई यो काममा नथाकिकन हिम्मत र आटका साथ अथक रुपमा लाग्न अनुरोध गरेका छ्न।

साथै उनले आटिलो ले मात्र गरिखाने लाक्षी कायर हुतिहाराले केही गर्न सक्दैन। त्यसैले एमाले आटिलाहरुको र गरिखानेहरुको पार्टी भएको समेत जिकिर गरेका छ्न।त्यस्तै ने,क,पा एमाले का केन्द्रिय सदस्य तथा जिल्ला सह-इन्चार्ज हरि रिजालले अहिलेको लुम्बिनी प्रदेश सरकारले विनियोजन बजेट मा पुर्ण रुपमा बेतिथी गरेको औल्याएका छ्न।

ने,क,पा एमाले झिम्रुक गाउँपालिकाका गाउँ कमिटी अध्यक्ष इन्द्रमणी पोख्रेल को अध्यक्षता , ने।क।पा। एमाले का पोलिट्ब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाको प्रमुख आतिथ्यता, ने,क,पा एमालेका केन्द्रिय सदस्य तथा प्युठान जिल्ला सहइन्चार्ज हरि रिजाल र ने,क,पा एमाले केन्द्रिय निति अध्ययन प्रतिस्ठानका सदस्य अजय शर्माको बिशेष आतिथ्यता रहेको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष विजय विराज विष्ट , एमाले प्रदेश कमिटी सदस्यहरु क्रमश मान बहादुर जि,सि हुकुम बहादुर खड्का , मोहन बहादुर जि,सि लगायत प्रदेश र जिल्लाहरुका नेताहरुको उपस्थिति रहेको निर्वाचन तथा प्रशिक्षण कार्यक्रममा ने,क,पा: एमाले निकट मुक्ति समाज का जिल्ला अध्यक्ष निम बहादुर सुनारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संन्चालन एमाले गाउँकमिटी पार्टी सचीव धुर्बराज खनाल ले गरेका थिए।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार