
सुर्य सुनार,नालीबेली न्युज
नेकपा एमाले मुसिकोट नगरपालिका ३ गुल्मीको पार्टी कार्यालय मैदानमा उद्धघाटन भएको छ । मुसिकोट नगरपालिका ३ मैदानमा वडा कमिटी पार्टी कार्यालय वडा कमिटि अध्यक्ष मघु मल्ल र वडा इन्र्चज शंकर रायमाझीद्धारा उद्धघाटन गरिएको हो ।
नेकपा एमाले वडा नम्बर ३ पार्टी इन्र्चज शंकर रायमाझीले एमाले पार्टी भनेको दुख पर्दा जनतालाई साथ दिने पार्टी भएको हुँदा अहिले मुसिकोट नगरपालिकाका सबै वडामा एमालेलाई विजय बनाउनु पर्ने बताउनुभएको थियो । साथै मुसिकोट नगरपालिकाले वडा नम्बर ३ मा सोचे भन्दा बढि काम गर्न सफल भएको दावी गर्नुभयो ।
पार्टी कार्यालय उद्धघाटन गर्दै नेकपा एमाले वडा कमिटि अध्यक्ष मघु मल्लले स्थानीय तहको निर्वाचनमा एमालेलाई विजय बनाउनुपर्ने बताउनुभएको थियो । साथै सम्पूर्ण कार्यकर्ता निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
त्यस्तै नेकपा एमाले वडा कमिटि उपाध्यक्ष प्रेम जिसीले मुसिकोट नगरपालिकामा एमालेको एकलौटी सरकार बनाउनुपर्ने बताउनुभएको थियो । अन्य राजनितिक दल भनेको सत्ताको लागि मात्र जनता संग भोट माग्ने त्यस पछि जनताको स्थिती के छ भनेर नबुझेको आरोप लगाउनुभयो । नेकपा एमाले सरकारमा हुँदा गरेका कामले गर्दा पनि जनताले पुन एमाले पार्टीलाई विजय बनाउने बताउनुभयो ।