Advertisement
विज्ञापन

भुमि आयोग र गुल्मीका सात स्थानीय तह बिच सम्झौता !



Advertisement
विज्ञापन

चैत- १ गुल्मी ।
राष्ट्रिय भुमि आयोग जिल्ला समिति गुल्मी र जिल्लाका सात स्थानीय तह बिच भुमिहिन दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने सम्बन्धि सम्झौता भएको छ । मंगलबार सदरमुकाम तम्घासका उक्त सम्झौता भएको हो ।

सम्झौता सङै जिल्लामा भुमिहिन दलित,सुकुम्बासीलाई लाल पुर्जा दिने तथा अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने सम्बन्धि कार्य अगाडि बढेको आयोगले जानकारी दिएको छ ।


Advertisement
Advertisement
Advertisement

जिल्लाको मालिका गाउँ पालिकाका,इस्मा गाउँपालिका,रेसुङ्गा नगरपालिका , छत्रकोट गाउँपालिका,रुरु गाउँपालिका,सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाले आयोग बीच सम्झौता गरेका हुन । त्यस्तै मदाने,धुर्कोट,गुल्मीदबार र चन्द्र्कोट गाउँपालिकाले यस अघि नै सम्झौता गरिसकेका छन भने मुसिकोट नगरपालिकाले भोली सम्झौता गर्ने बताईएको छ ।

आयोगले गाउँ तथा शहरको ठाउँ अनुसार जग्गा वितरण गर्ने छ । जग्गा वितरण तथा बसोबास व्यवस्थापनको बारेमा राष्ट्रिय भुमि आयोगका सदस्य दाताराम खनालले प्रकाश पारेका थिए ।

भने स्थानीय तहका अध्यक्ष ,उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले जिज्ञासा् राखेका थिए ।
जिल्ला बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले बन ऎन र भुमि आयोगको ऎन बाँधिएको बारे जानकारी गराएका थिए ।

प्रचलित बन ऎन २०७६मा वनको आसपास,वन क्षेत्रको जग्गा बिक्रीवितरण तथा हस्तान्तरण गर्न नमिल्ने ऎन रहेको जानकारी गराउदै समयमै सचेत बन्नु पर्ने धारणा राखेका थिए । राष्ट्रिय भुमि आयोगका सदस्य खनाल भुमि सम्बन्धि देखीएका समस्याको बारेमा जानकारी गराउदै समस्या समाधान गर्नको लागी विभिन्न ऎन संसोधन गर्नु पर्ने त्यसको लागी आयोग गम्भीर रहेको बताए ।

ठाउँ हेरीकन भुमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेकाले जग्गा पाउने छन ।गुल्मीको सन्दर्भमा शहरी क्षेत्रमा ४ रोपनी र ग्रामीण क्षेत्रमामा १०.६५ आना जग्गा सुकुम्बासीले पाउने छन ।

६ रोपनी जग्गा खेतीपाती गर्न उपलब्ध हुनेछ । त्यस्तै अव्यवस्थित बसोबास व्यवस्थापनको लागी दुई रोपनी जग्गा अथवा १९ रोपनी जग्गा कृषिको लागी पाउने राष्ट्रिय भुमि आयोग गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले बताए ।
गुल्मीमा चार सय ३५ भुमिहिन दलित,तीन सय ९० सुकुम्बासी र एक हजार चार सय ४४ अव्यवस्थित बसोबास रहेको आयोगको प्रारम्भिक डाटा रहेको छ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली , प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल, सात स्थानीय तहका प्रमुख उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहेको थियो ।Gulmi update

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad