Advertisement
विज्ञापन

भूमिहीन भूमिपति भएपछि नेता नै भ्रम फैलाउन सक्रिय :अध्यक्ष तिमिल्सिना



Advertisement
विज्ञापन

राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहीन तथा सुकुम्वासीहरूले अब लालपुर्जा पाउने विषयमा भ्रम फैलाउने काम भएको बताएका छन् । यो २२ औँ आयोग हो, यसभन्दा अगाडी २१ वटा आयोग थिए, खाली काम भन्दा गफ भए, उनले भने, अहिले यो शक्तिशाली आयोग हो, भूमिहीनलाई भूमिपति बनाउन झनझटीला प्रक्रिया हटाउँदै ठाउँको ठाउँ निस्सा र नाप जाँच सुरु भएपछि केहि अत्तालिएका छन् ।

पूर्वी चितवनको रत्ननगर र खैरहनीका स्थानीयहरूसँग छलफल तथा भेटघाटको क्रममा बोल्दै उनले भूमिहीन अब भूमिपति भएर आफ्नो भ्रमको खेती रोकिने डरले भ्रम फैलाउने अभियानमा केही दलालहरू सक्रिय बनेका स्पष्ट पारे ।


Advertisement
Advertisement
Advertisement

हिजो दुई तिहाइ सरकार हुँदा, ३ वर्ष सम्म माखो नमार्ने, उनले भने, अनि अहिले अब सुकुम्वासीहरूले जग्गा पाउने भए भनेपछि नक्कली लालपुर्जा हो भन्दै भ्रम फैलाउने, यो कस्तो राजनीति हो रुु काम गरे त नतिजा आउने भन्दै उनले बोलेर भन्दा पनि आफू फिल्डमा नै आएर कामबाट जनतालाई स्पष्ट पारेको समेत बताए । उनले भूमिहीनहरूलाई जग्गा मालिक बनाउन अब कसैले रोक्न नसक्ने भन्दै भ्रम फैलाउनेकोपछि नलाग्न आग्रह पनि गरे । लामो समयको प्रतीक्षापछि भूमिहीनहरू भूमिको मालिका बन्दैछन्, उनले भने, यहाँ निस्सामा आयोग छाप खोइ, सही खोइ रु यो नक्कली हो भनेर भ्रम फैलाएका छन् ।

उनले अहिले आयोगले वडा हुँदै सबै प्रक्रियामा स्थानीय सरकार मार्फत प्रक्रिया ढंगबाट गरेर आयोग लालपुर्जा बाँड्ने स्पष्ट पारे । अध्यक्ष तिमिल्सिनाले अब भूमिहीन तथा सुकुम्वासीलाई भोट बैँक बनाउन नपाउने डरले भ्रम फैलाउन केहि नेताहरू भन्ने नै सक्रिय भएको भन्दै यस्ता व्यक्तिहरू विरुद्ध कडा प्रतिवाद गर्न आग्रह पनि गरे । भूमिहीनहरूलाई जग्गा प्राप्तिका लागि जोकोहीले पनि भ्रम फैलाए अब आफू जनतासँगसँगै कडा आन्दोलन उत्रिने तिमिल्सिनाले चेतावनी दिए ।रातोपाटी

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad