आखाँ उपचार केन्द्र गुल्मीमा आखाँ शिविर सञ्चाल

गोकर्ण पाण्डे गुल्मी ।

गुल्मी जिल्लाकाे सदमुकाम तम्घासमा रहेको आखाँ उपचार केन्द्र मा २ दिन नि शुल्क आखाँ शिविर सञ्चालन भएको छ। डाँफे फाउन्डेसनकाे सहयाेगमा सञ्चालन भएको हाे।

बिहीबार र शुक्रबार सञ्चालन भएको शिविर बाट चार सय जनाले आखाँ उपचार गराएकाे आखाँ उपचार केन्द्र गुल्मीका प्रमुख सुर्य बहादुर बस्नेत ले जानकारी दिए।बस्नेत का अनुसार एक सय जनाकाे माेतिबिन्दुकाे अपरेसन भएको बताए।

उनका अनुसार शिविर मा ३ महिना देखि ९१ बर्ष सम्मका व्यक्ति हरुले सेवा लिएकाे जानकारी दिए। आखाँ शिविर बाट अपरेसन गराउदाँ पाउँदा खुसी भएको सेवाग्राही हरुले बताए।आखाँ अपरेसन गरेर देख्ने बनाएकाे मा सेवाग्राही हरुले डाँफे फाउन्डेसन लाई धन्यवाद पनि दिए। पैसा नभएर अपरेसन गर्ने नपाएर बसेका मानिस हरु अपरेसन गर्ने पाउँदा खुसी भएको बताए।

आखाँ उपचार गर्ने गुल्मी,बाग्लुङ र अर्घाखाँची बाट आएकाे आखाँ उपचार केन्द्र का प्रमुख सुर्य बहादुर बस्नेत ले जानकारी दिए।आखाँ उपचार केन्द्र गुल्मीमा शिविर सञ्चालन भै रहेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै