Advertisement
विज्ञापन

रुकुममा करिब एक दर्जन सकेट बम फेला, सेनाको टोलीले डिस्पोज गर्दै



Advertisement
विज्ञापन

पूर्वी रुकुमको एक ओडारभित्र लुकाई राखेको अवस्थामा करिब एक दर्जन थान सकेट बम फेला परेको छ । बिहीबार दिउँसो सिस्ने गाउँपालिका–२ को बुर्केसल्लास्थित ओडारमा गाई चराउन जानेहरूले बम जस्तो देखिने शंकास्पद वस्तु देखेका थिए ।

उनीहरुले गाउँपालिका–२ का वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए । केसीले प्वाङ ईलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरीले सकेट बम भएको पुष्टि गरेको थियो । रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र शाहीले १० लिटरको कालो ड्रमभित्र सकेट बम फेला परेको बताए ।


Advertisement
Advertisement
Advertisement

ड्रमभित्र एकिन भन्न त सकिन्न तर ६÷७ वटा सकेट बम रहेको अनुमान छ, बानियाँले भने बाहिर भुईँमा दुई वटा भेटिएको छ ।’

शुक्रबार विहान नेपाली सेना नर्सिङ्ग दल गुल्मको टोली डिस्पोज गर्न त्यस तर्फ हिँडेको उनले बताए । उक्त बम जनयुद्धकालमा तत्कालीन माओवादीले लुकाई राखेको हुन सक्ने अनुमान गरिएको छ । रातोपाटी

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad