एमसीसी सम्झौता विरुद्ध गुल्मीका ७ राजनितिक दलले गरे हस्ताक्षर संकलन
फागुन १२ गुल्मी
गुल्मीमा क्रियाशिल ७ राजनितिक दलले एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गरि नेपाल सरकार समक्ष पठाएका छन् । आज सदरमुकाम तम्घासको प्रशासन कार्यालय अगाडी नेपाल कम्युनिष्ट पार्टी९माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी, मसाल, नेपाल कम्युनिष्ट पार्टी र देशभकत जनगणतान्त्रिक मोर्चा नेपालले एमसीसी सम्झौताको विरोध स्वरुप हस्ताक्षर संकलन अभियान आयोजना गरेका थिए ।
७ राजनितीक दलहरुले संयुक्त रुपमा हस्ताक्षर संकलन गरि प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल समक्ष पेश गरेका थिए । पेश गरिएको हस्ताक्षर प्रधानमन्त्री समक्ष पठाउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विरबहादुर कार्कीले एमसिसि सम्झौता विरुद्ध गुल्मेली जनताको समर्थनको जानकारी लिन हस्ताक्षर संकलन गरेको बताउनुभयो ।
यस्ता कार्यक्रम निरन्तररुपमा सञ्चालन गरि सरकारलाई सम्झौता फिर्ता गर्न दबाद दिने उल्लेख गर्नुभयो । गुल्मीका ७ राजनितीक दलहरुले भोली सदरमुकाममा प्रदर्शन तथा कोण सभा गर्ने, १६ गतेसम्म नियमित विरोधका कार्यक्रम गर्ने नेकपा गुल्मी कार्यलय प्रमुख बसन्त गैरेले जानकारी दिनुभयो ।
आजको कार्यक्रम केबल टेलर भएको बताउनुहुदै उहाँले आगामी दिनमा पेचिलो कार्यक्रम गर्ने बताउनुभयो । नेत्र विक्रम चन्द विप्वलको भातृ संगठनका जिल्ला सदस्य शिव भुसालले अमेरिकाले नेपाललाई उपनिवेश तर्फ धकेल्ने कोशिस गरेकोले विरोध गर्न बाध्य हुनुपरेको बताउनुभयो । ७ राजनतीक दलले आम जनसुमदायको तर्फबाट प्रमुख नेपालको हितको लागी र सार्भमसत्ताको लागी यो अभियान सञ्चालन गरेको नेकपा एकिकृत समाजवादी गुल्मीका उपाध्यक्ष गणेश विश्वकर्माले उल्लेख गर्नुभयो ।
उहाँले अमेरिकाले एमसिसि फिर्ता लिएर जानुपर्ने माग सहित ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाएको बतानुभएको छ ।