Advertisement
विज्ञापन

गुल्मीको अर्घाखाँची जिपपार्कमा ६० वर्षीय वृद्ध मृत फेला



Advertisement
विज्ञापन

९ फागुन, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा एक जना ६० वर्षीय वृद्धकाे शव फेला परेको छ । रेसुङ्गा नगरपालिका ९ अर्घाखाँची जिपपार्कमा पुरुषको शव फेला परेको हो ।

छिमेकी जिल्ला अर्घाखाँचीको सन्धिखर्क नगरपालिका -९ अर्घका ६० वर्षीय मन बहादुर गन्धर्वको शव फेला परेको गुल्मी प्रहरीले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

अर्घाखाँचीबाट उनका आफन्त आएपछि शव आफन्तलाई बुझाउने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अहिले शवलाई गुल्मी अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले बताए ।

आज बिहान सात बजे शव फेला परेको हो । शवको बाहिरी प्रकृति हेर्दा कुनै चोटपटक नदेखिएको प्रहरीले उल्लेख गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । तस्बिर :गुल्मी अपडेट

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad