खोटाङमा मोटरसाईकल दुर्घटना, घाईते इन्जिनियरको मृत्यु
२२३७
सुनिल खतिवडा खोटाङ,
खोटाङमा मोटरसाईकल दुर्घटनामा गम्भीर घाईते इन्जिनियरको मृत्यु भएको छ । मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाईते बनेका रावाबेँसी गाउँपालिकामा कार्यरत ३० वर्षीय इन्जिनियर दिपक ढुंगानाको अस्पताल लैजाने क्रममा शनिबार राती बाटैमा मृत्यु भएको हो ।
ऐसेलुखर्क गाउँपालिका–७ माक्पा घर भएका स्टाफको बहिनीको बिहेमा गएर फर्कनेक्रममा प्रदेश ३–०–२–००७ प ५३३३ नम्बरको बाईकबाट सडकभन्दा करिब २५० मिटर तल खसेका इन्जिनियर ढुंगानाको एम्बूलेन्सबाट काठ्माण्डौं लैजानेक्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बोझेओढार पुगेपछि रातको १२ बजे मृत्यु भएको रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।




