Advertisement
विज्ञापन

अहमदाबाद बम विस्फोट स् ३८ जनालाई फाँसीको सजाय, ११ जनालाई आजीवन कैद



Advertisement
विज्ञापन

अहमदाबादमा भएको श्रृंखलाबद्ध बम विस्फोटका ३८ जना दोषीलाई भारतको विशेष अदालतले फाँसीको सजाय सुनाएको छ ।अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाएको छ । सन् २००८ को उक्त बम विस्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने करिब २ सय जना घाइते भएका थिए ।

विशेष अदालतका न्यायाधीश एआर पटेलले घटनाका अन्य ११ जना दोषीलाई जन्मकैदको सजाय सुनाएका छन् । फेव्रुअरी ८ मा गुजरातको एक अदालतले ४९ जना अभियुक्तलाई दोषी ठहर गरेको थियो भने अन्य २८ जनालाई निर्दोष ठहर गरेको थियो ।


Advertisement
Advertisement
Advertisement

१३ वर्ष पुरानो उक्त मुद्दामा अदालतले गत वर्षको सेप्टेम्बरमा सुनवाइ समेत गरेको थियो । ७० मिनेटभित्र भएका २१ वटा श्रृंखलाबद्ध बम विस्फोटका उक्त घटनामा २०० जना घाइते भएका थिए ।

उक्त घटनामा इन्डियन मुजाहिद्दिनको हात रहेको प्रहरीले बताउने गरेको छ । इन्यियन मुजाहिद्दिनका आतंकवादीले सन् २००२ पछिको गोधरा दंगाको बदला लिन उक्त विस्फोट गराएको बताइएको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad