जन्मदिनको अवसरमा जीवन बिमा उपहार
नालीबेली न्युज डट कम,
पछिल्लो समय जन्मदिनको अवसरमा विभिन्न उपहार दिने प्रचलन फेसनको रुपमा बढदै गएको पाईन्छ।यसै क्रममा गुल्मीको रेसुङ्गा न. पा. वडा नं.-८ बस्दै आएका कमल बहादुर मल्लले श्रीमती बिपना आचार्यको जन्मदिनको अवसरमा १० लाखको जिवन बिमा पोलिसी उपहार स्वरुप दिएका छ्न् ।
उनले श्रीमतीको जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. को सिटिजन शुभारम्भ बीमा योजन उपहार दिएका हुन् ।
जन्म दिनमा गर्ने अनावश्यक खर्च कटौती गरी भविष्यमा आउनसक्ने समस्या हरु वाट सुरक्षित हुनको लागी जन्मदिनको अवसरमा १० लाख रुपैयाँको बीमा पोलिसी उपहार स्वरुप दिएको उनले नालीबेली न्युज डटकम लाई बताए ।
बीमा अबधि भर विभिन्न अवस्थामा जोखिम बहन हुने र बिमा समाप्तिमा बिमाङ्क रकम,बोनस एकमुष्ट प्राप्त हुने भएकोले आजभोलि बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. तम्घास शाखाका शाखा प्रमुख विजय मरासिनीले बताए ।