प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना :ज्यान गुमाउनेकाे संख्या ८ पुग्यो

प्युठान

प्यूठानमा बेहुली लिएर गएको जिप दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा परि ८ जनाकाे मृत्यु भएकाे छ। बेहुलासहित ५जना गम्भीर घाइते भएका छन्।

नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा घाइते भएकालाई जिल्ला अस्पताल पुर्‍याइएको छ। बेहुलाको घर नजिकै पुगेको बेला जिप दुर्घटनामा परेको थियो।  जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियाे।

जिल्ला प्रहरी प्रमुख डिएसपी थापाका अनुसार बाटोमा झरेको पहिरोको कारण जिप दुर्घटनामा परेको हो। राती भएका कारण मृतक कसैको पनि सनाखत भइसकेको छैन।

रातीको समय भएकाले विस्तृत विवरण आइनसकेको थापाले जानकारी दिए।
थप विवरण आउन बाँकी छ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार