पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन क्रान्तिकारीको माग

काठमाडौं, १९ माघ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी ले नेपाल आयल निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी बृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको हो ।

निगमले पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३–३ रुपैयाँको दरले तथा आन्तरिक हवाईइन्धनमा प्रतिलिटर रु। १० र अन्तर्राष्ट्रिय हवाईइन्धनमा अमेरिकी डलर १०० ले वृद्धि गरेको थियो । उक्त मूल्यवृद्धिको आफ्नो सङ्गठनले घोर विरोध एवम् निन्दा गर्ने क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मूल्यवृद्धिसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सरकार गम्भीर नभए अखिल क्रान्तिकारी सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै