Advertisement
विज्ञापन

मनकामना स्मार्ट लघुवित्तको खुद नाफामा कमी



Advertisement
विज्ञापन

काठमाडौं, १९ माघ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत वर्षको तुलनामा ४७ दशमलव ३२ प्रतिशतले घटेको छ ।
वित्तीय संस्था लिमिटेडले यस वर्ष १ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ९७ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको थियो ।

यस वर्ष कम्पनीले सञ्चालन नाफामा सुधार ल्याएपनि खराब कर्जा संकलन कम भएसँगै खुद नाफामा असर परेको हो ।
गत वर्ष ५२ करोड रुपैयाँभन्दा बढी सञ्चालन घाटामा रहेको कम्पनीले यस वर्ष २५ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ । गत वर्ष ५४ करोड ३३ लाख रुपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष १ करोड ६ लाख रुपैयाँभन्दा बढी मात्र यो कर्जा संकलन गरेको हो । गत वर्षभन्दा यस वर्ष खराब कर्जा संकलन ९८ प्रतिशत कम भएको हो ।


Advertisement
Advertisement
Advertisement

यस वर्ष कमपनीले २१ दशमलव ३१ प्रतिशत बढी ३६ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्ष ३ दशमलव ७९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष बढेर ४ दशमलव ९७ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी १४ दशमलव ६६ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ दशमलव ९२ रुपैयाँ छ । रासस

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad