अर्घाखाँचीको मालारानी विभिन्न पार्टी परित्याग गरि १५ घरपरिवार नेपाली कांग्रेसमा प्रवेश

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ६ हिउखोला, हंसपुरमा १५ घरपरिवार नेपाली काङ्ग्रेसमा प्रवेस गरेका छन् । नेपाली काङ्ग्रेस मालारानी वडा नम्वर ६ ले आयोजना गरेको एक कार्यक्रममा नेकापा एमाले र नेकपा माओवादी परित्याग गरि १५ घरपरिवार नेपाली काङ्ग्रेसमा प्रवेस गरेका हुन् ।

पार्टी प्रवेस गर्नेहरुमा फन बहादुर बिसि, सीता जिसि, बिष्णु बुढाथोकी, मिना बुढाथोकी, बिक्रम बुढाथोकी, बिष्णु खत्री, सीता खत्री, राम्कुमारी खत्री, करण बहादुर खत्री, अस्मिता खत्री, कलि खत्री, बिमला अधिकारी, डम्बर प्रसाद अधिकारी, रुपा अधिकारी, राधिका अधिकारी, शिव प्रसाद अधिकारी, युवराज बिसि, चमेली बिसि, गिर बहादुर अधिकारि, बिष्णु बिसि, टीका बहादुर बिसि, मदन बिसि,मधु बिसि, बिना अधिकारी, सीता कुवर लगायत रहेका छन् ।

नवप्रवेसिहरुलाई पार्टी प्रवेस गराउदै लुम्बिनी प्रवेस सह महामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानले कांग्रेस पार्टी जनताको सुखदुःखमा साथ दिने भएकाले अहिले पार्टी प्रवेस गर्नेको लर्को चलेको बताए । काङ्ग्रेस पार्टीले अरुले जस्तो झुट्टा आश्वासन नबाढ्ने बताए ।

सहमहामन्त्री मुस्कानले खानेपानी, बाटो, विद्युत लगायतका विकास निर्माणले पछि परेको उक्त क्षेत्रमा प्रदेस मन्त्रालयबाट बजेट निकासा गराई उक्त क्षेत्रको विकास गर्ने गरि आफू लाग्ने नवप्रवेसिहरुलाई आस्वस्त पारे ।

पार्टी प्रवेस कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सचिव कृष्ण प्रसाद खनाल, मालारानी काङ्ग्रेस सभापती शोभाखर खनाल, नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि रमेश बिक, गोकुल रिजाल, कलाधर खनाल, चिन्तामनी खनाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम वडा नम्वर ६ का सभापती दामोदर अधिकारिको सभापतित्वमा सम्पन्न भएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै