
अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री बिष्णु प्रसाद खनाल ( मुस्कान )ले कांग्रेस पार्टी जनताको साथी भएको बताएका छन ।
टोल समिती गठन गर्ने कार्यक्रम अन्तर्गत मालारानी गाउँपालिकाको वडा नम्बर ४ खनको साविक ४ मखातमा भएको कार्यक्रममा उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै सह महामन्त्री मुस्कानले जनतालाई परेका पिरमर्का बुझ्ने र समस्या समाधान गर्ने गरि पार्टी अगाडि बढेको बताए ।
धेरै पटक सत्तामा पुगेको कम्युनिष्ट पार्टीले फिटिक्कै विकास नगरेको बताउदै उहाँले काङ्ग्रेसले अब विकास निर्माण, रोजगारिको व्यवस्थापन गर्ने गरि काम गर्ने बताए ।
यस्तै नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण प्रसाद खनालले जनप्रतिनिधिले विकास निर्माणका काममा पक्षपात गरेको आरोप लगाए ।
कार्यक्रममा खन वडा कार्यसमिती कार्यबाहक सभापती बिनिराम पोख्रेलको सभापतित्व, उपसभापती जुद्द प्रसाद खनालको स्वागत र नेपाली कांग्रेस मालारानी सचिव रबिन घिमिरेको संचालनमा सम्पन्न भएको हो ।
यस्तै प्रेम बहादुर बिकको सभापतित्वमा १७ सदस्यीय नेपाली काङ्ग्रेस मखात टोल समिती गठन भएको छ ।