सुन्तलाजात फलफुल व्यवस्थापन गर्न कस्सिए कृषि प्राविधिक
मदन कुमार घर्ती,गुल्मी
गुल्मीको धुर्कोट गाउँपालिका २ पिपलधारामा सुन्तला जात फलफूल बगैचा सम्बन्धी स्थलगत तालिम प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, गुल्मीको आयोजनामा सोमवार धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारामा बगैँचा सुदृढीकरण कार्यक्रम गरिएको हो ।
बगैचा सुदृढीकरण कार्यक्रममा विभिन्न कृषि फार्म, समुह, सहकारीका गरि २० जना कृषकलाई स्थलगत तालिम दिइएको थियो । सुन्तला जात फलफुलको बगैचामा पुगि सुन्तलाका सुकेका, मरेका, चोर हागा काटछाट गर्ने, सुन्तलाको फेद वरिपरि खनेर मलजल गर्ने, सुन्तलालाई ढुसि नाषक रोगबाट बचाउनको लागि बोर्डोपेस्टको प्रयोग गर्ने, बोर्डो मिश्रण प्रयोग गर्ने, केही समय पछि सुक्ष्म तत्व प्रयोग गर्ने, सुन्तलाको आयु बढाउनको लागि फेदमा तिनपाते बिरुवा रोप्ने र नेचुकी गर्ने, आगामी दिनहरुमा बिजु सुन्तला नलागाइ कलमी सुन्तला लगाउन सिकाइएको थियो ।
तालिमको क्रममा उपस्थित केही किसानले आफ्ना समस्या राखेका थिए । बोट पहेलो हुनु, फल झर्ने, फेद कुहिने जस्ता समस्या देखीएको बताएका थिए । तालिमकै क्रममा उक्त समस्याको समाधान गर्ने उपाय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, गुल्मीका कार्यालय प्रमुख श्रिकृष्ण न्यौपानेले सिकाउनु भएको थियो ।
तालिममा उपस्थित कृषकहरुले बोर्डोपेस्ट बनाउने तरिका लगायत बगैंचा व्यवस्थापन सम्बन्धी ज्ञान पाउदा हर्सित भएका थिए ।
सुन्तला जात बगैचा सुदृढीकरण सम्बन्धी स्थलगत तालिम आइतबार रेसुङगा नगरपालिकाको भाडगाउमा, सोमबार धुर्कोट २ पिपलधारामा , मंगलबार रेसुङ्गा नगरपालिकाको भुवनपानीमा, बुधबार, बिहीवार क्रमशः छत्रकोट, नयाँगाउँ लगायतका स्थानमा संचालन गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, गुल्मीका कार्यालय प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।