Advertisement
विज्ञापन

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी कार्यालयले मृत्यु दावी भुक्तानी



Advertisement
विज्ञापन

गुल्मी ।सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी कार्यालयले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनिले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं.१४ निवासी लोक बहादुर वि.क.को परिवारलाई विमांक रु एक लाख र आर्जित बोनस वापतको रकम रु बाह्र हजार नौ सय गरी जम्मा रु एक लाख बाह्र हजार नौ सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।

निजले सन नेपाल लाईफ गुल्मी शाखामा दुई वर्ष अघि रु एक लाख विमांकको नवीन आजीवन बीमा पोलिसी गरेका थिए, कृषि कर्म गर्दै आइरहेका वि.क.को घरमै अचानक मृत्यु भएको थियो । कम्पनिले उक्त रकम बरावरको चेक विमित स्व. लोक बहादुर विकको श्रीमती सावित्रा वि.क.लाई एक कार्यक्रमका विच हस्तान्तरण गरेको थियो ।


Advertisement
Advertisement
Advertisement

जीवन बीमामा ४ दशक लामो अनुभव भएका व्यक्तित्व तथा नियामक निकायमा बीमा सम्बन्धि व्यवस्थापकीय भुमिका निर्वाह गर्नुभएका व्यक्तिहरुको नेतृत्व सहित जीवन बीमामा अनुभवी र दक्ष जनशक्तिबाट व्यवस्थापन सम्हालिएको यस कम्पनीको उद्धेश्य भनेको जीवन बीमाको प्रचार प्रसार यसको आवश्यकता र महत्वको बारेमा आम जनसमुदायलाई सचेत गराई जीवन बीमाको पहुँच पुग्न नसकेको ठाउँहरुमा समेत जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

सन नेपाल लाईफ इन्स्योरेन्सले विसं.२०७५ साल मा गुल्मीमा कार्यालय विस्तार गरी जीवन बीमाको सेवा उपलब्ध गराई रहेको छ । विमितलाई सहज तरिकाले सेवा दिनको लागि सन नेपाल लाईफ शुरु देखि नै प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । सन नेपाल लाईफले विभिन्न बीमा योजनाहरु मार्फत आफ्ना विमितहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा वडा सदस्य भविश्वर गौतमले सहज तरिकाले विमितलाई मृत्यु दावी भुक्तानी दिएकोमा सन नेपाल लाईफ इन्स्योरेन्सलाई धन्यवाद दिदै सबैले आफ्नो क्षमता अनुसार जीवन बीमा गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, देशवासी सम्पूर्ण जनताले जीवन बीमाको महत्व समयमा नै बुझी जीवन बीमा गराएमा, बीमा मान्छेको बुढेसकालको साहारा हुने, आर्थिक सुरक्षा हुने, आश्रित परिवारको सुरक्षा हुनका साथै अवको १५÷२० वर्षमा कोही पनि गरीवीमा छटपटाउनु पर्ने स्थिति सिर्जना नहुने भएकाले समयमै आफ्नो क्षमता अनुसार बीमा गर्नुपर्ने सुझाव गुल्मी कार्यालय प्रमुख सन्तोष कुँवर क्षेत्रीले दिएका छन् ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, समाजसेवी, शिक्षक, सन नेपाल लाईफ गुल्मीका अभिकर्ता तथा मार्केटिङ्ग म्यानेजरहरुको उपस्थिति रहेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad