कैलालीमा एक युवा होटलमा मृत अवस्थामा फेला

काठमाडौं । कैलालीमा होटलभित्रै एक युवा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरस्थित गहतेगडा होटेलमा एक युवा मृत फेला परेका हुन् ।

कैलालीको घोडाघोडी नगरपालिका–१ का अन्दाजी ३५ वर्षीय साधन डान मृत भेटिएको प्रहरीले जनाएको छ ।

कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले डान माघ ३ गतेदेखि उक्त होटेलमा बस्दै आए आएका उनको शनिबार शव ओछ्यानमै घोप्टिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत्युको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै