गुल्मीको रेसुङ्गा बिमानस्थलको काम अन्तिम चरणमा:बैशाख देखी उडान गर्ने आयोजनाको तयारी
माघ १४ गुल्मी ।
२०६३ सालदेखी सुरु गरिएकोे रेसुङ्गा बिमानस्थल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । माघ महिनामा सक्ने गरी बिमानस्थलको धावन मार्ग कालोपत्रेको कामलाई तिव्र बनाईएको आयोजनाले जनाएको छ । १५ बर्षअघि देखि सरर बिमान चढेर यात्रा गर्ने सपना देखेका गुल्मेली जनताको आशा फेरी जाग्न थालेको छ । आउँदो २०७९ बैशाख देखी नियमित उडान हुने आयोजना तथा जनप्रनिधिले दावी गर्दै आएका छन् । २०६३ सालमा रेसुङ्गा बिमान स्थलको शिलान्यास तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदिप ज्ञवालीले गरेका थिए ।
बि।स। २०७५ साल जेठ २५ गते तारा एयरलाईनको बिमानल धुले उडान गरेको थियो । धुले उडानको सफल परिक्षण भएको थियो । धुले उडान सफल भएपनि बिमान स्थलको काम कारोनाको बाहाना बनाई कछुवाको तालमा गरिएको स्थानियले आरोप लगाउँदै आए पनि पछिल्लो समय निर्माणको कामलाई तिव्र पारिएको छ । बिमान स्थल कालोपत्रेको कामले देख्दा स्थानिय उत्साहित छन् ।
रेसुङ्गा बिमान स्थल निर्माणको लागि मुआब्जा दिने गरि १४ घर बस्ति बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि बिमान स्थल निर्मणको काम थालिएको हो । २०७२ साल देखि हालसम्म बिमानस्थल वरिपरी टेवा प्रर्खाल , धावन मार्गको कालोपत्रे, वाह्रय ढल निर्माण,टर्मिनल भवन निर्माण लगाएतका काम भईरहेको रेसुङ्गा बिमान स्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए ।
रेसुङ्गा बिमान स्थल धावन मार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । बिमानस्थलको पार्किङ्ग ६० मिटर लम्बाई ३० चौडाई रहेको छ । बिमानस्थलमा दैनिक ४० जना कामदार रहेका छन् ।मौसम र आबश्यक सामाग्रीको ब्याबस्थापन गर्न माघ महिना भित्र बिमानस्थलको कालोपत्रेको काम सकिने रेसुङ्गा बिमान स्थलका सहायक आयोजना प्रमुख सन्जीव खड्काको भनाई छ ।
रेसुङ्गा बिमानस्थललाई छिटो निर्माणको कार्य सकेर संचालनमा ल्याउन आयोजना सहित आफूहरु लागी परेको रेसुङ्गा नगरपालिका वडा नं १०का वडाअध्यक्ष्ँ पदम अर्यालले बताए । वडा अध्यक्ष अर्यालले भने “बिमान स्थलमा प्राबिधिक समस्या नभएको र मौसमले साथ दिएमा आउँदो बैशाख नियमित उडान गररै छाड्छौ ।