गुल्मीका ९ वटा विद्यालयलाई प्रदेश सरकारबाट रकम विनियोजन

गुल्मी । लुम्विनी प्रदेश सरकारको शिक्षा तथा सामाजिक विकास निर्देशनालय दाङ्द्धारा गुल्मीका ९ वटा माध्यामिक विद्यालयहरुलाई कक्षा कोठा निर्माणका लागि रकम विनियोजन भएको छ ।

नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश कार्यालय सचिव तथा पुर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालका पुर्व स्वकिय सचिव यदु ज्ञवालीका अनुसार ती ९ वटा माध्यामिक विद्यालयहरुमा दुई दुई वटा कक्षा कोठा निर्माणका लागि प्रचि विद्यालय २० लाखका दरले रकम विनियोजन गरिएको हो । ती विद्यालयहरुमा मुसिकोट नगरपालिका–३ चौरमा रहेको जनजागृति मावि, कालिगण्डकी गाउँपालिका–२ दभौखानी मावि, चन्द्रकोट गाउँपालिका–६ हरेवा मावि, रेसुङ्गा नगरपालिकाको शिद्धबाबाबा माबि मावि र रेसुङ्गा माविमा उक्त रकम विनियोजन भएको हो ।

त्यस्तै रेसुङ्गा नगरपालिका –५ को जनसहयोग मावि , चन्द्रकोट–५ को ग्वाघा मावि , छत्रकोट–५ , पल्लीकोटमा रहेको जनज्योति मावि र धुर्कोट –३ को निन्युखर्क माविलाई पनि कक्षा कोठा निर्माणका लागि २०र२० लाख रकम प्रदेश सरकारको शिक्षा निर्देशनालयबाट विनियोजन भएको छ।

क्षेत्र नम्वर १ का पुर्वसभासद तथा हालका सो क्षेत्र प्रदेश ‘क’ सांसद रहेका पुर्वमन्त्री सुदर्शन वराललाई आफ्नो क्षेत्रमा मात्रै विकास बढि राख्ने गरेको यस अघि आरोप लाग्ने गरेको भए पनि यसपाली भने गुल्मीमा ९ वटा विद्यालयलाई कक्षा कोठा परेकोमा दुबै क्षेत्रलाई समेट्न खोजिएको विवरणले देखाउँछ । शिक्षा विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख हरिलाल अर्यालका अनुसार पाल्पका पनि ७ वटा माध्यामिक विद्यालयहरुलाई २०र२० लाख रुपैयाँ परेको छ । ग्लोबल आवाजबाट

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार