राजस्व छली गर्ने विरुद्ध पाँच अर्बका मुद्दा

काठमाडौं, माघ १४ । सरकारले राजस्व छली गर्नेविरुद्ध कडाइ गर्दै धमाधम मुद्दा दायर गरेको छ। विभागले ६ महिनाको अवधिमा ५ अर्ब रूपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

राजस्व चुहावट, छली, विदेशी विनिमय अपचलन लगायत कडाइ गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। ‘विभागको जिम्मेवारी अनुसार सबै मुद्दा प्राथमिकतामा छन्,’ पौडेलले भने, ‘विभागले सक्रियताका साथ काम गर्दा करिब पाँच अर्ब रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेका छौं।’

विभागले मंगलवार मात्र गैरकानुनी रूपमा विदेशी विनिमयको कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चारजनाविरुद्ध ३७ करोड ६४ लाख ११ हजार रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। राजस्व छलीमा अनुसन्धानलाई प्राथमिकतामा राख्दै आएको विभागले पछिल्लोपटक विदेशी विनिमय अपचलनलाई पनि प्राथमिकतामा राखेको छ।

विभागले कैलालीको लम्कीचुहा नगरपालिका–१० घर भई काठमाडौंको कालोपुल गुरूङटोल बस्ने दिनेश खड्का, उनकी दिदी भगवती, बुवा नरबहादुर र दिनेशकी केटी साथी अनिता धितालविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूमाथि विदेशी मुद्दा अपचलन गरेको आरोप छ। नागरिक दैनिकबाट

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै