
सुनिल खतिवडा खोटाङ,
खोटाङका दुई स्थानीय तहमा अतिआवस्यक बाहेकका नियमित सेवा बन्द भएको छ । कर्मचारिमा कोरोना भाइरस कोभिड १९ संक्रमण भएपछि हलेसि तुवाचुङ नगरपालिका र रावाबेशी गाउँपालिकामा अति आवस्यक बाहेक अन्य सेवा बन्द रहेको सम्बन्धित पालिकाले जनाएको छ ।
दुबै पालिकाका केहि कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भए पछि नगरपालिकाले माघ १० गतेदेखि १५ गते सम्मका लागि हलेसी तुवाचुङ नगरपालिकाको बन्द गरिएको नगरपालिकाले सूचना प्रकाशन गरेर जानकारी दिएको छ । यस्तै रावाबेशि गाउँपालिकाले १७ गतेसम्मका लागि कार्यलय बन्द गरिएको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले जानकारी दिए ।