Advertisement
विज्ञापन

मास्क प्रयोगबारे सचेत बनाउदै महिला सामुदायिक



Advertisement
विज्ञापन

१३ माघ,घोराही
नेपालमा महामारीको रुपमा रहेको कोरोना भाईरस संक्रमणबाट बच्नकालागी नेपाल महिला सामुदायिक सेवा केन्द्रले सर्वसाधारणहरुलाई मास्कको प्रयोग गर्न सचेत बनाउन सुरु गरेको छ ।

केन्द्रले सर्वसाधारणहरुलाई मास्कको प्रयोग गर्न र मास्क प्रयोगबारे सचेत बनाउन सुरु गरेको हो । विभिन्न संघसंस्थासँगको समन्वयमा घोराहीको भानु चोकमा स्टल स्थापना गरेर मास्क नलगाएकाहरुलाई मास्क प्रयोग गर्न र प्रयोग गरेकाहरुलाई पनि सही तरिकाले मास्कको प्रयोग गर्नकालागी सचेत बनाउने काम भएको नेपालम महिला सामुदायिक सेवा केन्द्रका सचिव शिवा योगीले जानकारी दिनुभयो ।


Advertisement
Advertisement
Advertisement

मंगलवारदेखी स्टल स्थापना गरेर एक हप्ते अभियान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । मास्क लगाउन अटेरी गर्नेहरुलाई काउन्सीलिङ गरेर मास्क प्रयोग गर्न अनुरोध गरिएको र उहाँहहरुले पनि मास्कको प्रयोगबारे सचेत भएपछि प्रयोग गर्ने गरेको मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी दिनुभएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad