उखुबारीको खाल्डोमा पुरुषको शव फेला

विराटनगर, १३ माघ । मोरङको उखुबारीभित्र भेटिएका खाल्डोमा पुरुषको शव फेला परेको छ । धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद दुईवटा खाल्डामध्ये एउटामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान अहिलेसम्म हुन सकेको छैन् ।

अर्को खाल्डोमा उत्खनन कार्य जारी रहेको गरीरहेको प्रहरीले जनाएको छ । उखु काट्न पुगेका किसानले बारी भित्र खाल्डो खनेर पुरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । बुधबार बेलुका प्रहरीले उत्खनन् गर्दा अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार