गुल्मीको धुर्कोट गाउँपालिका बर्बोट स्थित एक फेन्सी र होटलमा आगोलागी , ३२ लाखको क्षति

अबिरल भण्डारी माघ १२ गुल्मी : गुल्मीको धुर्काेट गाउँपालिका -४ बर्बाेटमा आगलागी भएको छ । गएराति ११:३० बजेकाे समयमा बिन्दु बस्नेतकाे फेन्सि पसल र गाेमा भण्डारीकाे चिया-नास्ता बनाउने पसलमा आगलागी भएको हाे ।

आगाेलागीबाट कुनै मानविय क्षति नभएपनि पसलभित्र रहेका सम्पूर्ण फेन्सि एवम् चिया-नास्ता बनाउने सामग्री जलेर पूर्णरूपमा नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । आगलागीबाट कुल ३२ लाखकाे क्षति भएको धुर्काेट प्रहरी चाैकी, वस्तुका प्रमुख लाेकमान ताम्राकारले बताए ।

वस्तु प्रहरी चाैकी एवम् स्थानीयकाे सहयाेगमा करिब एक घण्टापछि आगाे नियन्त्रणमा आएकाे थियाे । आगाे कसले र किन एवम् कसरी लाग्याे भन्ने अझै खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको सुचना अधिकारी खरेलले बताए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै