चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोपमा २७ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक घिमिरेसहित नौं जना कर्मचारीहरु, नौं वटा सिमेन्ट कम्पनी र अन्य नौं वटा कम्पनीका संचालकहरुसहित २७ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा बुधबार अपरान्ह मुद्धा दायर गरेको हो ।

महानिर्देशक घिमिरेको हकमा १ अर्व २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ हानी नोक्सानी पुग्ने गरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सप्रमाण पुष्टि हुन आएको देखिदा निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ र दफा ७ को देहाय बमोजिमको कसुरमा सजाय हुन मागदावी सहित मुद्धा दायर गरिएको विशेष अदालतका उप–रजिष्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए ।

चुनढुंगा अनियमिततामा संलग्न रहेको अभियोगमा सर्वोत्तम सिमेन्ट, मारुती सिमेन्ट, सिद्धार्थ मिनरल्स, अन्नपूर्ण क्वेरिज, उदयपुर मिनरल्स, युनाईटेड सिमेन्ट, सोनापुर मिनरल्स, कञ्चन क्वेरिज र डोलोमाईट चुनढंगा उद्योगविरुद्ध समेत मुद्धा दायर गरिएको छ । उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को कसुर बमोजिम सजाय हुन अख्तियारले दायर गरिएको मुद्धामा मागदावी गरिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै