लिपुलेक, कालापानी र लिम्पियाधुराको जनसङ्ख्या पनि समेटियो

काठमाण्डौ – नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराको जनसङ्ख्या पनि जनगणना २०७८ मा समेटिएको केन्द्रीय तथ्याँक विभागले जनाएको छ ।

जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० भित्र ती भेगको जनसङ्ख्या समेत समेटिएको जानकारी दिनुभयो । ती भेगमा कति जनसङ्ख्या छ भन्नेबारे भने विस्तृत प्रतिवेदनमा मात्रै समेटिने विभागले जनाएको छ ।

विभागले ६ महिनाभित्र विस्तृत प्रतिवेदन सार्वजनिक हुने जनाएको छ । गणक आफैं ती भेगमा पुग्न नसकेपछि वैकल्पिक माध्यमबाट जनगणना गरिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै