नेपालको जनसंख्या २ करोड ९२ लाख पुग्यो
४०१
काठमाडौं, १२ माघ । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको छ ।त्यस्तै, महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ पुगेको छ ।
२०६८ सालमा भएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । यसपटक २७ लाख जनसंख्या बढेको हो .अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको हो । यसपटक ०।९३ प्रतिशत वृद्धिदर भएको विभागले जनाएको छ ।