नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या ६ लाख बढी

काठमाडौं, १२ माघ । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको छ । त्यसमध्ये महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ पुगेको छ ।

२०६८ सालमा भएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको हो । यसपटक ०।९३ प्रतिशत वृद्धिदर भएको विभागले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै