Advertisement
विज्ञापन

मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एकको मृत्यु



Advertisement
विज्ञापन

शिवु खनाल
देउखुरी, ९ माघ
मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा दाङकाे तुलसिपुर उप-महानगरपालिका वडा नम्बर १२ का अन्दाजी अरुण देबकोटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार चितवन भरतपुर ७ बस्ने रामप्रसाद सापकोटा घाइते भएका छन् । आइतबार बेलुका लमही देखि गढवा तर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका वडा नम्बर ४ बलामपुरमा दुर्घटना भएको हो ।


Advertisement
Advertisement
Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका देबकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । उनको टाउकामा गहिरो चोट लागेको छ । त्यस्तै घाइते सापकोटाको सामान्य उपचार पछि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भैरहेको छ । माेटरसाईकल मृतक अरूण देवकाेटाले चलाएको प्रहरीले जनाएको छ ।।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad