कोरोना खोप लगाएको आधा घण्टामै पुरुषको ज्यान गयो

कैलाली, ९ माघ । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएका एक पुरुषको मृत्यु भएको छ । कैलारी गाउँपालिका–४ का ५३ वर्षीय रामदास डंगौराको खोप लगाएर घर फर्कने क्रममा आइतवार मृत्यु भएको हो ।

उनले आइतवार दिउँसो कैलारी गाउँपालिकाकै वडा नं। ४ स्थित आधारभूत स्वास्थ्य चौकीमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए । खोप लगाइसकेपछि हिँडेरै घर फर्किने क्रममा उनको बाटोमै मृत्यु भएको जनाइएको छ ।

उनको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो । उनको खोप कै कारण हो वा अन्य कारणले मृत्यु भएको हो त्यसबारेमा आधिकारिक केही जानकारी आएको छैन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै