वीरेन्द्र सैनिक अस्पतालमा एकैदिन ९ जना संक्रमितको मृत्यु

काठमाडौं । महामारीको तेस्रो लहर सुरु मात्रै भएको छैन एक्टिभ संकृमितको संख्या २० दिनमा बढेर ६५ हजारमाथि पुगेको छ । तर, सघन उपचार कक्ष आइसियु र भेन्टिलेटरमा पुग्नेहरु बढेका छैनन् ।

उता सरकारी तथ्यांकले मृत्युभएको संख्या पनि बढेको देखाएको छैन । दैनिक ३ देखि ४ जनाको मृत्यु भइरहेको छ ।अधिकारीहरुले बताए अनुसार अहिले मृत्युको संख्या सरकारले लुकाएको छ । ओमिक्रोन बढेसंगै मृत्यु बढेको अनुमान विज्ञहरुले गरेका छन् ।

शुक्रबार २४ घण्टाको अबधिमा ९ जना संकृमितको मृत्यु भएको बुझिएको छ । नेपाली सेना अस्पतालमा कार्यरत एक चिकित्सकले स्वास्थ्य लाइभसँग ९ जनाको मृत्यु भएको बताए । उनीहरु सबै बृद्धबृद्धा र दीर्घरोगी हुन् । मृत्युपछि परीक्षण गर्दा को रोना पुष्टि भएको चिकित्सकले भनाइ छ ।

उता पर्सामा पनि ओमिक्रोनले एक जनाको मृत्यु भएको खबर आएको छ । यी तथ्यांक सरकारी सिस्टममा समावेश भएरनभएको बारे जानकारी छैन ।

ओमिक्रोनबारे क्यानडामा एउटा अध्ययन गरिएको थियो । उक्त अध्ययनले १४ हजार डेल्टाबाट संक्रमित हुँदा १७ जनाको मृत्यु भएको थियो भने, ११ हजार ६ सय २२ जना ओमिक्रोन संक्रमित हुदा ३ जनाको मृत्यु भएको देखाएको थियो । ‘यो अध्ययन नेपालमा पनि मिल्दोजुल्दो देखिएको छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। कृष्ण प्रसाद पौडेल भन्छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै