पाल्पामा तीन जनाको समूहले महिलाको हत्या गरेको खुलासा

दुई साताअघि पाल्पामा मृत फेला परेकी एक बृद्ध महिलाको तीन जना पुरुषले हत्या गरेको प्रहरीले खुलासा गरेको छ । गत पुस २३ गते विहान तानसेन नगरपालिका–६, कन्सरेकी ६५ बर्षीया सरस्वती देवी घर्तीमगर घरदेखि तलको भिरमा मृत फेला परेकी थिइन् । त्यस दिन विहान उनका कान्छा छोरा गणेश घर्तीमगरले आफ्नो घरबाट आमाका लागि चिया लिएर आउँदा आमा घरमा थिइनन् ।

विस्तारा र ढोका रक्ताम्मे देखेपछि खोज्दै जाँदा उनले तल भिरमा मृत फेला पारेका थिए । छोराको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा तीन जनाको समूहले धारिलो हतियार प्रहार गरी हत्या गरी फालेको जिप्रका पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

उनका अनुसार हत्यामा संलग्न सोही स्थानका ४२ बर्षीय कमलबहादुर घर्तीमगर, २७ बर्षीय सुनिल परियार र २० बर्षीय हरिबहादुर सुनार रहेका छन् । तीनै जनालाई माघ ५ गते पक्राउ गरी अनुसन्धान भइरहेको छ । हत्याको कारण अझै खुली नसकेको र अनुसन्धान भइरहेको पचभैयाले बताए ।स्रोत रातोपाटी

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै