Advertisement
विज्ञापन

पाल्पामा तीन जनाको समूहले महिलाको हत्या गरेको खुलासा



High Angle View Of Judge Gavel And
Advertisement
विज्ञापन

दुई साताअघि पाल्पामा मृत फेला परेकी एक बृद्ध महिलाको तीन जना पुरुषले हत्या गरेको प्रहरीले खुलासा गरेको छ । गत पुस २३ गते विहान तानसेन नगरपालिका–६, कन्सरेकी ६५ बर्षीया सरस्वती देवी घर्तीमगर घरदेखि तलको भिरमा मृत फेला परेकी थिइन् । त्यस दिन विहान उनका कान्छा छोरा गणेश घर्तीमगरले आफ्नो घरबाट आमाका लागि चिया लिएर आउँदा आमा घरमा थिइनन् ।

विस्तारा र ढोका रक्ताम्मे देखेपछि खोज्दै जाँदा उनले तल भिरमा मृत फेला पारेका थिए । छोराको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा तीन जनाको समूहले धारिलो हतियार प्रहार गरी हत्या गरी फालेको जिप्रका पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।


Advertisement
Advertisement

उनका अनुसार हत्यामा संलग्न सोही स्थानका ४२ बर्षीय कमलबहादुर घर्तीमगर, २७ बर्षीय सुनिल परियार र २० बर्षीय हरिबहादुर सुनार रहेका छन् । तीनै जनालाई माघ ५ गते पक्राउ गरी अनुसन्धान भइरहेको छ । हत्याको कारण अझै खुली नसकेको र अनुसन्धान भइरहेको पचभैयाले बताए ।स्रोत रातोपाटी

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement