Advertisement
विज्ञापन

अर्घाखाँचीका पुरुषको भारतमा मृुत्यु



Advertisement
विज्ञापन

बाबुराम बन्जाडे,भारत

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा न : ३ राइखाने घर भई हाल रोजगारीको शिलसिलामा भारतको हरियाणामा कार्यरत रहेका ४२ बर्षिय पुन मृत फेला परेका छन्।


Advertisement
Advertisement

मृतक ऋषि पुन केहि बर्ष यता देखि भारत को हरियाणा राज्य ग्रुग्राम पटेल नगर मा काम गर्दै आईरहेको बुझिएको छ। पुन आफनै कोठा मा राती खाना खाएर सुतेका र बिहान उठ्दा कोठामा मृत फेला परेको उनका साथिहरु बाट जानकारी आएको छ।

मृतक ऋषि पुनको घरमा निजकि श्रीमती र ३ छोराहरु रहेको जानकारी आएको छ।कोरोनाको कारण लकडाउन हुँदा लामो समय सम्म बेरोजगार बनेर केहि पैसा कमाउँने आशामा भारत पसेका पुन आफ्ना घर परिवारका सपना पुरा गर्न नपाउँदै भारतमा अस्ताए।

पुन राईखन्ने निवासी रिम बहादुर पुन का छोरा रहेका छन्। ऋषि पुनको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ। पुनको हरियाणाको एक मसान घाटमा अन्तिम दाहसंस्कार गरिएको परिवार श्रोत ले जनाएको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement