गुल्मीमा तिन सवारी एकै स्थानमा दुर्घटना

रामकृष्ण कडेल , माघ २ गुल्मी ।

जिल्लाकाे गुल्मीदरबार गाउँपालिकाको बडा न.३ गौडाकोट म्यालपोखरी स्थिती देउराली जङ्गलमा आज बिहान लु.२ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा परेको छ ।

तिन दिनमा तिनबटा सवारी साधन दुर्घटनमा परेका छन । पहिलो दिन ग १ च ७५४७ नम्बरको डबल क्याब जिप,दोस्रो दिन हिजो तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग १ ज ५२८० नम्बरको अल्ट्रो कार दुर्घटना भएका हुन ।

तिनै दुर्घटनामा मानवीय क्षती नभएको ट्राफिक प्रहरी जवान बिजय कुमार यादवले बताउँनु भएको छ । शितले सडक चिप्लो भएको र मोड भएको कारण तिनवटै दुर्घटना भएको बताइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै