देखिने घाउ हरु भन्दा नदेखिने घाउको पीडा अति धेरै हुन्छ – मनछुने भनाईहरू

अनमोल भनाईहरु

१ मृत्यु एक दिन सबैलाई आउने गर्छ तर सहि तरिकाले जिउन भने कमै व्यक्तिलाई मात्र आउने गर्छ।

२ रमाउन लाइ त पुरै जिन्दगी छ बस तिमि खुशी हुन सिक ।

३ आफुमाथी विश्वास छ भने तपाइलाई दुनियासित डराउनु पर्दैन , यदि विश्वास छैन भने दुनियाले तपाइलाई डर देखाउनेछ ।

४ ऐना अगाडि बसेर श्रृङ्गार गर्दैमा कोहि राम्रो हुँदैन, राम्रो हुन त सफा मन अनि ओठमा मुस्कान भए पुग्दछ।

५ आफ्नै मुटु त गद्दार हुन्छ भने यहा तिम्रो मायाको के भरोसा ।

६ अक्सर मान्छेहरु आफ्नो गल्तीमा वकिल र अरुको गल्तिमा जज बन्ने गर्छन र पछि गएर यहि असफलताको कारण बन्न पुग्छ तेसैले आजै बाट येस्को ठिक उल्टो गर्नुस, आफ्नो हर गल्तीमा आफै जज बनेर जज गर्नुस तब मात्र बिस्तारै आफु भित्रको कम्जोरी देखिन सुरु गर्ने छ र तेस्को समाधान गर्ने उपाय पनि ।

७ समय मै कदर गर्न सिक्नुस किनकी न जिन्दगी पटक – पटक मिल्छ न सच्चा मान्छे ।

८ हामी तनको चोटलाई भुलिदिन्छौ तर मनको चोटलाई भुल्न सकिरहेको हुदैनौ ।

९ सोच्न गारो होला तर बिश्वास त गर्नैपर्छ जब धोका आफ्नैले दिन्छन ।

१० आत्मसम्मानको साथ कमाएको सुख्खा रोटी चौरासी व्यन्जन भन्दा पनि मीठो हुन्छ ।

११ पीडा कम भएको छैन । बस् पीडा सहने बानी अलि बढी भएको छ ।

१२ मानिसको खोक्रा शब्दहरुबाट तपाइले आफुलाई कहिल्यै धोका नखुवाउनुहोस ।

१३ कति धेरै याद आउँछ उसको जो साथमा बस्न कहिल्यै मानेन ।

१४ यस्तो सोच छ हामी मान्छेहरुको, एउटा एक्लो व्यक्तिले के गर्न सक्छ रु तर हेर अलिकती थोरै त्यो दियोलाई उ एक्लो छ फेरि पनि अन्धकार मेटाइरहेको हुन्छ ।

१५ कहिले काहि यसरी निदाईदिन मन लाग्छ कि मेरो आखाले अर्को बिहानी देख्न नपावोस्,मेरो कानले अरु को बोलि सुन्न नपावोस्,अनि मेरो मुटुले धड्कनलाई पुरा बेवास्ता गरिदिवोस् अनि कसैको रुवाईको मलाई कुनै अबगत नहोस अनि टाढिन खोज्नेहरुलाई सधैका लागि छुटकारा मिलोस् ।

१६ जसको आखामा घमण्डको पर्दा हुन्छ, उसले न त अरुको गुन देख्छ न आफ्नो बैगुन।

१७ देखिने घाउ हरु भन्दा नदेखिने घाउको पीडा अति धेरै हुन्छ ।

१८ बस् मुस्कुराउन सिक्नुपर्दछ ,रुन त जन्मिने बित्तिकै विरासतमा मिलिसकेको थियो ।

साभार अन्मोल बिचार

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै