Advertisement
विज्ञापन

बुढा-बुढीको मायालाई दिगो राख्ने ७ बोलीहरु



Advertisement
विज्ञापन

हामीकहाँ बिवाहलाई एक यस्तो बन्धन मानिन्छ, जो केवल शरीरको मात्र नभई मन र आत्माको पवित्र बन्धन हुन्छ । वैदिन संस्कृति अनुसार जीवनको महत्वपूर्ण सोह्र संस्कारमध्ये बिवाह पनि एक हो । यस संस्कार बिना जीवन अपूर्ण मानिन्छ ।

बिवाह के हो बिवाहको शाब्दिक अर्थ हो, कुनै उत्तरदायित्व बहन गर्नु । जब केटा र केटी पती(पत्नीमा रुपान्तरण हुन्छन्, उनीहरुले एकसाथ पारिवारिक जिम्मेवारी वहन गर्नुपर्छ । बिधिगत हिसाबले बिवाह गर्दा आगोलाई साक्षी राखेर नवदम्पतीले एकअर्कालाई सात बचन दिने गरिन्छ । वास्तवमा त्यो सात बचन मनन र अनुसरण गर्ने हो भने दाम्पत्य जीवनमा कहिं खटपट आउँदैन ।


Advertisement
Advertisement
Advertisement

पहिलो बचन

पहिलो बचनमा कन्यले बरलाई भन्छिन्, तपाई कुनै तीर्थयात्रामा जानुहुन्छ, ब्रत(उपबास गर्नुहुन्छ, धार्मिक कार्य गर्नुहुन्छ भने त्यसमा मलाई पनि सामेल गराउनुहोस् ।

दोस्रो बचन

दोस्रो बचनमा कन्यले आफ्नो बरसँग बचन माग्छिन्, जुन हिसाबले तपाई आफ्ना मातापिताको सम्मान र प्रतिष्ठामा ध्यान दिनुहुन्छ, त्यसैगरी मेरो मातापितालाई पनि सम्मान गर्नुहोस् । साथै परिवारको मर्यादालाई ख्याल राख्नुहोस् ।

तेस्रो बचन

तेस्रो बचनमा कन्यले बरसँग जीवनको महत्वपूर्ण तीन अवस्था युवाअवस्था, प्रौढअवस्था र वृद्धावस्थामा मलाई साथ दिनुपर्ने बचन माग्छिन् ।

चौथो बचन

चौथो बचनमा कन्यले बरसँग भन्छिन्, अहिलेसम्म तपाई पारिवारिक दायित्वबाट मुक्त हुनुहुन्छ । तर बिवाहपछि परिवारको जिम्मेवारी तपाईको काँधमा आउँछ । परिवारको सबै दायित्व तपाईले पुरा गर्नुपर्ने हुन्छ, सो कुरामा सक्षम हुनुहुन्छ भने म तपाईलाई स्विकार्न सक्छु ।

पाँचौ बचन

पाँचौं बचनमा कन्यले बरसँग भन्छिन्, जब तपाई घरको काममा, लेनदेन वा अन्य काममा, केहि खर्च गरेको समय मेरो सल्लाह र सहभागिता पनि खोज्नुहुन्छ भने म तपाईलाई स्विकार्छु ।

छैठौं बचन

कन्याले बरसँग भन्छिन्, यदि म आफ्ना साथी वा अन्य महिलासँग बसेको छु भने तपाईले मेरो अपमान गर्नु हुँदैन ।

सातौं बचन

कन्याले अन्तिम बचन माग्छिन्, यदि तपाईले म साथै अन्य महिलालाई आमा समान मान्नुहुन्छ र हाम्रो प्रेमको बिचमा अरुलाई प्रवेश गर्न दिनुहुन्न भने म तपाईसँग विबाह गर्न राजी छु ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad