Advertisement
विज्ञापन

मालारानी शोकमा,पाल्पा बस दुर्घट्नामा परी अर्घाखाँचीका ३ जनाको निधन (सम्पूर्ण विवरण सहित)



Advertisement
विज्ञापन

पाल्पा (नालिबेली न्युज डट कम) । पाल्पामा बस दुर्घट्ना हुँदा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर २ का  ३ जनाको निधन भएको छ ।

पाल्पाको रिब्दीकोट २ मा आईतवार बिहान १०:४० बजे लु २ ख ७२७९ नम्बरको बस दुर्घट्ना हुँदा मालारानी- २ का २८ वर्षीय भाजेन्द्र विक, ३६ वर्षिय मोहन कुवर र  २६ वर्षीय शङ्कर विकको निधन भएको हो । यस्तै अन्य ४ जनाको घटनामा निधन भएको छ ।


Advertisement
Advertisement
Advertisement

यस्तै दुर्घटनामा पाणिनी १ का ५४ वर्षीय गोपाल नेपाली, छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ का ४३ वर्षिय लाल बहादुर विक, मालारानी-२ क्रमश:-  ३७ वर्षीय रमेश टोहटो, ३९ वर्षीय तुल्सीराम विक, २२ वर्षिय दिपक विक, ४० वर्षीय अर्जुन रसाईली, ३५ वर्षीय लक्ष्मण  टोहटो, २७ वर्षीय बिष्णु विक  घाइते भएका छन् ।

घाइते मध्ये रमेश टोहटो, तुल्सीराम विक र दिपक विकको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ भने बाँकीको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

मृतकको शव बसले च्यापिएको बताइएको छ । वुटवलको बेलबासबाट पाल्पाको रिडीतर्फ शव बोकेर जाँदै गरेको गरेका मलामीहरू दुर्घटनामा परेका थिए । सडक चिप्लो हुँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

उता घटनापछि अर्घाखाँची शोकमा डुबेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad