
नालिबेली न्युज डट कम गुल्मी ।
जिल्लाकाे धुर्काेट गाउँपालिकाकाे आयाेजनामा कर्मचारीहरूकाे क्षमता विकास सम्बन्धि ३ दिने आधारभूत तालिम सम्पन्न भएको छ । पाैष १४ गते देखि गाउँपालिकाकाे सभाहल बर्बाेटमा सञ्चालन भएको तालिम शुक्रबार सम्पन्न भएको हाे ।
धुर्काेट गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयका कर्मचारी, स्वास्थ्य संस्थाका प्रतिनिधि र गाउँपालिकाका कर्मचारीहरूलाई लक्षित गरि तालिम सञ्चालन गरिएको थियाे ।
३ दिन सम्म सञ्चालन भएकाे तालिममा जिल्ला समन्वय अधिकारी श्री विजय कुमार कार्किले खरिद ऐेन र नियमावली सम्बन्धी प्रशिक्षण दिनुभएको थियोे।त्यस्तै जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले नागरिकता र व्यक्तिगत घटना दर्ता, धुर्काेट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले कार्यालय व्यवस्थापन र कर्मचारीका सेवा सर्त सुविधा र कर्मचारी विदा सम्बन्धि, अधिकृत छैठौं गिरिराज अर्यालले सार्वजनिक सेवा प्रवाह, नागरिक वडापत्रकाे प्रयाेग, टिप्पणी लेखन र गुनासाे पेटिका व्यवस्थापन, लेखा सहायक कमल महतले लेखा व्यवस्थापन, मु.अ.क. र वित्तिय व्यवस्थापन सम्बन्धि त्यस्तै सूचना प्रविधि अधिकृत देवराज आचार्य, कम्युटर अपरेटर कमल श्रीस र एम.आइ.एस. अपरेटर झविन्द्र भण्डारीले कम्प्युटरका विविध विषयमा प्रशिक्षण दिनुभएको थियो ।
समापन कार्यक्रममा प्रशिक्षार्थीकाे तर्फबाट सीता जि.सी. कार्कीले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नु पर्ने वताउनुभयाे । त्यस्तै जिल्ला बाट प्रशिक्षण दिन आउनु भएका प्रशिक्षक हरूलाई मायाकाे चिनाे प्रदान गरिएको थियो भने प्रशिक्षार्थी हरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीकाे अध्यक्षता रहेकाे समापन कार्यक्रमकाे सञ्चालन रमेश पाण्डेले गर्नुभएको थियोे ।