उदयमान जनजागृति क्लवको भवन उद्घाटन
गणेश खनाल
अर्घाखाँची । मालारानी गाउँपालिका बाट निर्माण भएको मालारानी ५ बागी चौहान डाडाँमा रहेको उदियमान जनजागृती युवा क्लबको भवन उद्घाटन भएको छ ।पुर्व राष्ट्रिय सभा सदस्य , नेकपा एमाले केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्काले एक समारोहका विच उद्घाटन गरेका हुन ।
कार्यक्रममा मन्तव्य राख्दै खड्काले जिल्लाको विकासमा उल्लेखनीय प्रगति भईरहेको बताउदै जिल्लाको विकासका लागि आफु सधै लागि पर्ने बताए ।
कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष बाल कृष्ण शर्माले गाउँपालिकाको विकासमा आफुहरूले कुनै कमि नराखेको उल्लेख गर्दै निर्वाचन गरेको वाचा पूरा गरिरहेको बताए ।
कार्यक्रममा उपाध्यक्ष प्रमिला क्षेत्री ,५नम्बर वडा अध्यक्ष शोभाखर भुसाल ,नेकपा एमाले जिल्ला अध्यक्ष राम बहादुर चौहान , शान्ति मा।बि।का प्र।अ।मान बहादुर पान्डे लगाएले मन्तव्य राखेका थिए ।