लक्ष्मीपुर माविको ५५ औं वार्षिकोत्सब समारोह सम्पन्न

चुरामणि तिमिल्सिना

लक्ष्मीपुर माध्यमिक बिध्यालय सत्यवति गाउँपालिका चेहेमीले ४ दिन विविध बिधाका कार्यक्रमका साथ ५५ औ बार्सीउत्सब समारोह सम्पन्न गरेको छ ।लुम्बिनी प्रदेश सभा विशेष अधिकार सभापती कमल राज श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथी माननीय श्रेष्ठले समग्र रुपमा बिध्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न अभिभावक , शिक्षक ,बिद्यार्थी र शिक्षा प्रेमी हरुको सम्झदारी भएमा गुणस्तरीय शिक्षामा कमि नहुने बताउदै अबको शिक्षा आधुनिक प्रवृधि सहित सन्चालन गरेर देशका लागि चाहिने कुशल प्रशासक बिध्यायले उत्पादन गर्न आग्रह गर्नु भयो।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत झविस्वर रेग्मी , वडा न २ का वडा अध्यक्ष दधिराम कुवर, नेकपा एमाले केन्द्रिय सदस्य जङ्ग नेपाली , व्यापार संघ गुल्मीका अध्यक्ष युवराज न्यौपाने , स्वास्थ शाखा प्रमुख सुर्य राना,वडा न २ का वडा सचिब बिष्णु ढकाल , अक्षयकोष दाता कृष्ण कुवर , समाज सेवि पितम्बर ज्ञवाली , विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथी जङ्ग नेपालीले शिक्षा क्षेत्रलाई आधुनिक प्रबिधि सहित अगाडी बढाउदै लैजान सकेमा बिध्यालय हरेक क्षेत्र बाट अगाडी बढाउन सकिने बताउनु भयो।

समारोहमा बिध्यालायका प्रधानाध्यापक राम प्रसाद पाण्डेले १ करोड २१ लाख बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भयो । कार्यक्रमको अध्यक्षता व्यवस्थापन समितिका अध्यक्ष गुणदेव कुवरको रहेको थियो कार्यक्रमको सन्चालन शिक्षक शेर बहादुर कुवर र हेमन्त कुवरले गर्नु भएको थियो ।

यस्तै वडा न २ चेहेमीमा नव निर्मित आधरभुत स्वास्थ सेवा केन्द्रको पनि लुम्बिनी प्रदेश सभाका विशेष अधिकार सभापती कमल राज श्रेष्ठले औपचारिक समारोहका बिच रिबन काटी सुबिधा सम्पन्न भवनको सम उत्घाटन गर्नु भयो । उत्घाट गर्दै प्रमुख अतिथी श्रेष्ठले स्थानिय तह निर्माण भए पछी समाजका धेरै जसो बिकासका पुर्वधारहरु सुबिधा सम्पन्न भएकोले स्वास्थ क्षेत्र अझ बढी प्रभावकारी गराउन केन्द्र प्रदेश र स्थानिय तह निरन्तर लागि परेको बताउनु भयो।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार