देशभर वर्षा, डाँडामा हिउँ

काठमाडौं पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौंका डाँडामा पनि हिउँ परेको छ ।

बुधबार बिहान काठमाडौंमा १०।७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । काठमाडौंमा मंगलबार वर्षा भएको थिएन ।

कीर्तिपुर ११।४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले पनि काठमाडौंमा फाट्टफुट्ट वर्षा भइरहेको छ ।महाशाखाको ताजा विवरण अनुसार दिपालयमा १२, डडेल्धुरामा १२।२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५, नेपालगन्जमा २, जुम्लामा २।६ र घोराहीमा ०।६ मिलिमिटर वर्षा मापन भएको छ ।

पोखरामा ६।५, भैरहवामा १२।६, सिमरामा १३, ओखलढुंगामा ३ र ताप्लेजुङमा १२।३ मिलिमिटर वर्षा भएको छ । धनकुटा र जनकपुरमा क्रमशः २।८ र १।५ मिलिमिटर वर्षा भए पनि विराटनगरमा वर्षा मापन भएको छैन ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा वर्षा हुनेछ । बिहीबारबाट मात्र मौसममा सुधार आउने आँकलन गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै