Advertisement
विज्ञापन

सिटिजन लाईफ इन्स्योरेन्स द्वारा मृत्यु दावि रकम भुक्तानी



Advertisement
विज्ञापन

गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीमा मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न भएको छ। तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पा निवासी राजेश रजककि ३१ वर्षकी धर्मपत्नी भिमा पुनको गत असोज २० गते विश्व भरी फैलिएको महामारी कोरनाको कारणले ज्यान गएको थियो ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड कार्यालय बुटवलको टोलिले मृतकका श्रीमान राजेश रजक लाई औपचारिक कार्यक्रमका साथ रु दश लाख पचास हजार हस्तान्तरण गरेको हो । कम्पनी लिमिटेड बुटवल शाखाका प्रमुख पुर्ण चन्द्र सुबेदिले कार्यक्रम माथी प्रकाश पार्दै स्वागत गर्नु भएको थियो।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष राम लाल बिक प्रमुख अतिथी रहदै जिवनको अन्तिम सम्म मात्र नभइ मृत्यु पछी पनि जीवन बिमाले परिवार लाई कल्याण गरेकोले सबै महानुभावहरु लाई कुनै न कुनै बिमा कम्पनीमा आबद्धता जनाउन आग्रह गर्नु भयो।

क्षेत्रीय शाखा प्रबन्धक दुर्गा राज ढकाल को अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा वडा न १४ कि वडा सदस्य सीता ज्ञवाली , रुरु गाबिसका पुर्व उपाध्यक्ष चन्द्रलाल कसजु , उधोग बाणिज्य संघका सुबर्ण लाल कक्षपती , डबल एम डी आरटी बिजेता सिटिजन स्टार राजेश थापा , एजेन्सी म्यानेजर रिता पाण्डे , सुरक्षा निकाय, पत्रकार , महिला समुहका तर्फबाट धना राना , सहयोगी भिम ढेगा नवीन रजक, बितिय सस्थाका मान बहादुर रावल, नागरिक समाजका अगुवा गुरु प्रसाद ज्ञवाली लगायतले मन्तव्य राख्नु भएको थियो।

यस्तै यस शाखाले हरेक स्थानिय तहमा आफ्ना शाखा बिस्तार गर्दै लैजाने ग्रामीण भेगमा पुगेर बिमाको विषयमा जानकारी गराउने , कार्यक्रमलाई प्राथमिकता दिदै आएको कार्यक्रमका बक्ताहरुले मन्तव्य राख्दै जोड दिनु भएको थियो।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad