Advertisement
विज्ञापन

अर्जुन दास हत्या प्रकरणः १ आरोपी पक्राउ, आफन्तले शव बुझे



Advertisement
विज्ञापन

काठमाडौं, १२ पौष । कैलालीमा विभत्स तरिकाले हत्या गरिएका अर्जुन दासको शव परिवारले बुझेका छन् । ३ पौषमा उनको शव फेला परेपनि परिवारले हत्यारालाई पक्राऊ गर्न माग गर्दै शव बुझ्न मानेको थिएन । परिवारले विभिन्न माग समेत राखेको थियो ।

२ पौषको साँझ घरबाट हिंडेका अर्जुन दासको शव अपरावती सामुदायिक वनमा फेला परेको थियो । उनको घाँटी रेटेर हत्या भएको थियो । हत्याका अभियुक्तले घटना घटाएको स्वीकार्दै गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो ।घटनामा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन् । तीनजना फरार छन् । फरारहरु सीमा पारी भागेको अनुमान छ ।


Advertisement
Advertisement
Advertisement

अर्जुन दास भारतमा बस्दै आएका थिए । घटनालाई लागूऔषधको कारोबारसँग जोडेर हेरिएको छ । तर, दासको परिवारले उनी लागूऔषधको सेवन नगर्ने बताएको छ ।घटनाको दिन अर्जुन दास साथीकोमा जान्छु भनेर गएका थिए । तर, उनी फर्किएनन् । उनको पत्नी र छोरी छन् ।घटनाको दिन उनको घरमा केही युवाहरु पुगेर मोबाइल मागेका थिए । तर, मोबाइल नभेटिएपछि फर्किएको बुझिएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad