Advertisement
विज्ञापन

क्रिसमसमा आत्मघाती बिस्फोट, ६ जनाको मृत्यु



Advertisement
विज्ञापन

एजेन्सी । गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती बिस्फोट भएको थियो ।

बिस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती बिस्फोट गराएका अधिकारीले जनाएका छन् । इस्लामिक स्टेट आइएस सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स एडीएफका कार्यकर्ताहरुले सो बिस्फोट गराएको भनाइ छ ।


Advertisement
Advertisement
Advertisement

अहिलेसम्म कुनै पनि समूहले बिस्फोटको जिम्मा लिएका छैन । बम बिस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका बताइएको छ । बिस्फोटको समयमा महिला र बालबालिका थिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad